नेपाली ब्लग पोस्टहरुको हावा खबरहरु

नेपाली ब्लग पोस्टहरुले अहिलेको समयमा नेपाली संचार जगतमा बिशेष गरि फेसबुकमा केहि समाचारहरु सेयर गरिएका भेटिन्छ। त्यो समाचारको लिंक संगसंगै आकर्षक फोटो अथवा भिडियोको फूटेजहरुको प्रयोग पनि गरिएको पाइन्छ। तर वास्तबमा त्यो समाचारको लिंकमा कुनै विश्वास गर्न नसक्ने समाचारहरु लेखिएको हुन्छ। यसरी पैसा कमाउनको लागि जथाभाबी लेखिएको समाचारहरुले online न्यूजहरुको बिस्वासिनियातामा गम्भीर असर गरि रहेको छ।

अब प्रश्न आउछ कसरी यस्तो न्यूजहरु ले कसरि पैसा कमाउ छन ?
गूगलले स्थापना गरेको एउटा प्रोग्राम छ जसको नाम हो – Google Adsense Program -यो प्रोग्रामले गूगलको network भित्र रहेको बिभिन्न कम्पनीहरुको advertisement लाई website owner सँग सेयेर गर्छ ताकि त्यो advertisement वास्तविक audience सम्म पुगोस। (Google) गूगलले त्यस्तो वेब साइटलाई पैसा दिने गर्छ जुन वेब साइटमा युजर हरु धेरै जाने गर्छन अनि गूगल ले पब्लिश गरेको advertisement मा click गर्छन। यदि तपाई यसको बारेमा जान्न चाहनु हुन्छ भने गूगलको अधिकारिक लिंकमा सर्च गर्नुहोस्। जानकारीको लागि यहाँ लिंक थिच्नुहोशGoogle Adsense Program Information

गूगल ले यो प्रयोग बिशेष गरेर genuine content writer ले आफ्नो मिहिनेत अनुसारको पारिश्रमिक पाओस भन्ने अभिप्रायले गरेको हो।तर अहिले नेपाली अन लाइनमा यसको व्यापक दुरुपयोग भैरहेको छ। यसरी लेखिने समाचारले सामाजिक रुपमा समाजलाई सहि बाटोमा नेतृत्व गर्दैन।
जसरी पनि पैसा कमाउनु पर्छ भन्ने मानसिकताले सामाजिक emotion बिथोल्छ। झुठो र छाडा समाचारले समाज र ब्यक्तिलाई अमर्यादित बनाऊ छ।

Google Adsense Program लाई नेपालीहरुको जीवन स्तर उकास्नको लागि प्रयोग गरौ। जस्तै नेपाली पर्यटनलाई प्रबर्धन गर्न र नेपाल सम्बन्धि राम्रा बिषयहरुमा लेख्न सकिन छ। तर अरुलाई भ्रममा पारेर पैसा मात्र कमाउन खोज्ने नेपाली ब्लग पोस्टहरुको हावा खबरहरु लाई बहिष्कार गरौ ।

यो पोस्टमा केहि नमुना राखिएका छन, कृपया हेर्नु होला।
Nepali_Blogspot

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply