।। माया ।।
माया भन्ने चिज नै छैन आजकाल, म यसलाइ प्रमाणित गर्नसक्छु । यहाँ माया भन्नाले केटा–केटिबिचको माया जुन सुरूवात नै भएको छैन त्यो हो । डुबिसकेको माया र अन्य किसिमको मायाको कुरा गर्न खोजेको होइन मैले । कारणहरू —
क) बिस्वास नै हुदैनः– किनभने कलेजमा एउटा, अफिसमा एउटा, घर छेउमा एउटा र फेसबुकमा एउटा गरि धेरै वटा माया हुन्छ । बिस्वास गरेर एक जनालाइ मात्र माया गर्न नै सकिदैन, ब्याक अप राख्नु पर्ने हुन्छ । ‘ताल परे तिवारि नत्र गोतामे’ ती मध्ये एक त कसो नहोला अथवा सबैसँग कुरा मिले पनि ति मध्येको उत्कृष्ट बिकल्पको छनौट हुन्छ । भन्नुको अर्थ एक जनालाइ बिस्वास गर्न सकिदैन ।
ख) निरपेक्ष रूपमा ब्यक्तिलाइ हेरिदैनः– उदाहरणको रूपमा–– मैले बाटोमा एउटा त्यस्तो केटि भेटे जसलाइ देख्ने बित्तिकै मलाइ यस्तो लाग्यो कि म जस्को खोजिमा भटकिएको छु त्यो यहि नै हो, यसलाइ पाए पछि मेरो खोज पुरा हुनेछ । मैले उसलाइ पछ्याउन थाले । उसको हसाइ, उसको हिडाइ, आँखाको हेराइ, कपालको गहिराइ सबैथोक नजिकबाट नियाल्दा म बिस्वस्त भए कि मेरो अघिल्लो जन्मको, मेरो यो जन्मको र अब हुने हजारौ जन्मको जीवनको रथ हाक्ने केटि यहि हो । तर जब मैले उसको बारेमा सबैथोक पत्ता लगाए मैले उसलाइ मायाको प्रस्ताव राख्न सकिन किनभने उ मसाज सेन्टरमा ससाज गर्थि । मलाइ समाजको डर लाग्यो । यहा नेर मैले निरपेक्ष रूपमा ब्यक्तिलाइ माया गर्न सकिन , मैले उ के हो र के होइन भन्ने कुरालाइ माया गरे – मया गरिन ।
ग) माया सौदाबाजि होः- मलाइ यो संसार कै सबैभन्दा राम्रि केटि सुस्मिता सेन लाग्छ तर म उसलाइ “मसँग बिया गर्छौ” भनेर प्रस्ताव राख्न सक्दिन, त्यसै गरि म हाम्रो घरमा कपडा धुन आउने केटिलाइ पनि प्रस्ताब गर्न सक्दिन किनभने म मेरो हैसियत हेर्छु । चाहना एउटा हैसियत एउटा, यहाँ नेर अब चाहना र हैसियतको म्याचिङ हुन्छ र कस्तो केटि खोज्ने भन्ने निर्धारण हुन्छ, जसरि माग र मुल्यको म्याचिङ द्वारा अर्थशास्त्रमा मुल्य निर्धारण हुन्छ । म अब एउटा स्टिमेसन बनाउछु ‘आफ्नै जातको, केटिको पढाइ यति, रङ्ग यस्तो, उचाइ यति, खानदान यस्तो, उमेर यतिदेखि यति र जागिर भए राम्रो‘ जस्तो कि म एउटा पेन्ट किन्न गै रहेको छु र पसलेलाइ भन्छु “साहुजि कलरः डार्क नेभि ब्लु, साइजः २९, क्रस पोकेट र प्राइस २००० देखि ३००० रेन्जको र चेनको सट्टा बटन भए राम्रो” । एउटा केटि खोज्नुमा र पेन्ट खोज्नुमा केहि फरक छैन, दुबैमा चाहना र हैसियतको म्याचिङ हुन्छ, जसरि एउटा सौदामा हुन्छ । मैले कसैलाइ माया गर्नको लागि पहिला उ मेरो स्टिमेटेड रेन्ज भित्र पर्नु पर्यो ।
घ) माथिको क, ख, ग केटा–केटिलाइ बराबर लागू हुन्छ ।
निष्कर्श चाँहि के भनेः कि त मायामा बिस्वास छैन, कि त मायामा ब्यक्तिलाइ हेरिएको छैन, कि त माया सौदाबिहिन छैन, साँचो अर्थमा माया भन्ने चिज नै छैन ।
माथिको चार वटा बुदा पास गर्ने माया मात्र माया हो ।
3 thoughts on “।। माया ।। By Riwaj Rokka”
Leave a Reply
You must be logged in to post a comment.
ke cha Anchal sir .
Hello Riwaj Sir
Ma aaramai chhu tapai pani aaramai hunu hunchha? Dherai samaya vo tapai haraunu vayeko ? Ahiley k gardai hunu hunchha sir ?
Tapai ko naya naya article publish garnu paryo sir ? Mailey mero website ko facebook ma ad promote gardai chhu chadai sir …