ट्विटर आन्दोलन-NepalQuake
कुरा सुरु गरौ महाभूकम्पबाट जसले नेपाललाई मात्र होइन सारा बिश्वलाई नै हल्लायो।२ हजार बर्ष देखिको इतिहास क्षणभरमा धुलाम्य भयो। धेरै नेपालीहरुले ज्यान गुमाउनु पर्यो,कयौ घरबार बिहिन भए र घाइतेको संख्या कति छ भन्ने कुरा सायद नेपाल सरकारलाई पनि थाहा छैन होला (जबकि हाम्रो सरकारको मन्त्री हिन्दीमा जवाफ दिन्छन ,जब प्रश्न अंग्रेजी मा सोधिन्छ )। म हाल सिड्नीमा बस्छु,मैले त्यो भूकम्पको धक्का भौतिक रुपमा त गर्न पाइन तर मानसिक पीडालाई राम्रैसंग बोध गरेको छु। शनिबारको त्यो दिन सायद हामी नेपालीहरु माथि प्रकृतिको ठुलै हमला थियो, बारम्बार प्रकितिले हाम्रो परिक्षा लिदै थियो।पक्कै पनि भन्दै थियो होला -गोर्खे भनेको तिमीहरु नै होइन ? मा त्यो दिन रात भरि सुत्न सकिन जसरि हाम्रो बा, आमा,दिदीबहिनीहरु र दाजुभाई नेपालमा सुत्न सकी रहेका थिएनन।रातभरि प्रक्रितिसग रिस साध्दै मुर्मुरिदै बसे। भोलि पल्टबाट सुरु भयो ,नेपालमा भएका भुकम्पका घट्नाहरुको दृश्य र परिदृश्यहरु, इन्टरनेट र न्यूज च्यानलको लागि ब्रेअकिङ्ग अपडेटहरु। संगसंगै सुरु भयो राहत प्याकेज घोषणाको सिलसिला।
अब मलाई लाग्न थाल्यो,नेपालीहरुले धेरै दुख झेल्नु पर्दैन,सारा संसारले नेपाललाई सहयोग गर्दैछ , बिदेसमा भएका नेपालीहरु पनि एकजुट हुदैछन। तर दुख त्यो बेला महसुश भयो जब कुनै जनप्रतिनिधि त्यो शनिबार टुडिखेलमा मैले देखिन। कुनै जनप्रतिनिधि राष्ट्र र जनता प्रति उतर्दायी देखिन। जब राष्ट्र संकटमा हुन्छ त्यहाँ कोहि नेतृत्वकर्ता हुदैन, के यो मेरो देशको नियति हो ? जनताका छोराछोरीहरु खुला आकास मुनि सुते भोकै ,प्यासै ….
म यहाँ टिभी च्यानल घुमाउछु, झन पीडाले अनायासै मुटुको बेग बढाउछ। तेही खबर जुन खबरले मनलाई आलस्य बनाइरहेको छ। (एक हप्ता भयो काममा पटकै मन छैन ) हामी जस्तो बाहिर बस्नेलाई घरको यादले कति पिरोली रहेको होला।झन् भारतीय समाचारहरुको प्रस्तुतिले घाउमा मलम लगाउनुको सट्टामा अमिलो नुन चुक चर्कने गरेको छ। समाचारको प्रस्तुति अनि नेपालीहरुलाई हेप्ने प्रबिति भारतीय मीडियाले अंगालेको स्पस्ट संग बुझ्न सकिन्छ। भारतीय मीडियाको गलत प्रस्तुति र पित पत्रकारिताले सारा नेपाली र नेपाललाई माया गर्ने सबैलाई चोट पुर्याएको छ। संचारजगतमा एउटा समाचारको प्रभाब कति सम्म हुन्छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्नु पर्छ जस्तो लाग्दैन।
सायद म सोच्द्छु यदि BBC, CNN जस्ता अन्तरास्ट्रिय समाचार संस्था नाभैदिएको भए के हुन्थियो ? मलाई लाग्छ ‘नेपालके पी. एम. मोदी ‘ भन्ने म्यासेज बिश्व मा छारिसकेको हुन्थियो। हामी भारतीयको सहयोगको लागि कृतज्ञ छौ तर आफ्नो स्वाभिमानलाई मारेर पाइने सहयोग हामीलाई कदापी स्वीकार्य हुनै सक्दैन। यो महाभूकम्पले हामीलाई वास्तबमा राष्ट्रियताको औपचारिकता सिकाएर गएको छ। हिजोसम्म जातीय राज्यको नाममा लडेको हामी,भुकम्प आउदा त्यो कहाँ गयो ? प्रस्न गम्भीर छ। हिजो काठमाडौँ,गोर्खा,सिन्धुपाल्चोक,काभ्रे ,लम्जुंग र अन्य ठाउमा कुनै एक जातिले मात्र सहयोग गरेको छैन। त्यहा नेपाल छ अनि मात्र नेपाली छ। अहिले नेपाल र नेपालीहरु सबैलाई दुखेको छ।
फेरी प्रसङ्ग स्वभिमनाकै, गोपाल योञ्जनको ‘देश ले रगत मागे,मलाई बलि चढाऊ ‘ सुनेर हुर्केको नेपालीहरुलाई सहयोगको नाम आउने दबाब कुनै पनि हालतमा मान्य हुने छैन, जसलाई ट्विटर आन्दोलनले स्पस्ट पारेको छ। धन्य छ ती व्यक्तिलाई जसले पित पत्रकारिता गर्ने बिरुद्ध एउटा सामाजिक अभियानकै सुरुवात गरे ट्विटरबाट जसको उदघोस थियो -‘गो होम इन्डियन मीडिया’ । अब संसारले थाहा पाउनै पर्छ कसले गरि रहेको छ झुटको खेती। नेपाली एकता जिन्दाबाद – यो एकता ले नै सम्भव भएको हो हाम्रो ट्विटर आन्दोलन। धन्यवाद ती भारतीय मित्रहरुलाई जसले ट्विटर अभियानमा साथ दिएका छन।
यो महाभूकम्पले नेपालीहरु लागि धेरै प्रकारको नैतिक िशक्षा दिएको छ। प्रथमत:नेपालीहरु एक हुनुको विकल्प छैन। यो भूकम्पले दिएको अर्को महत्वपूर्ण सन्देश- तिमी साचो कुरा गर संसारले तिम्रो कुरा सुन्ने छ। यस्तो देश,यस्तो ठाउँ र यस्तो व्यक्ति थिएन होला जसले नेपालको भूकम्पको बारेमा थाहा नभएको र नेपालीहरुको लागि प्राथना नगरेको। यसले यो कुरालाई पुस्टि गर्छ कि हामीलाई सहयोग गर्ने हातहरु छन्, अब हामी आफै उठ्नु पर्छ ,जुट्नु पर्छ अनि फेरी सुनौलो इतिहास बनाउनु पर्छ।Nepalquake is only a lesson.
(महाभूकम्पमा ज्यान गुमाएकाहरु प्रति श्रदान्जली अर्पण सहित)
लेखक :
अञ्चल कुमार श्रेष्ठ
इमेल :[email protected]
वेब: www.anchal.com.au
सिड्नी